Logo

१८ भदौ,वीरगञ्ज । एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ।नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्।

मौसम बिग्रिएपछि आजको खेल प्रभावित भइरहेको छ। यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो।


सम्बन्धित समाचार