![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/20230906_160927.png?fit=1200%2C668&ssl=1)
२० भदौ,काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए । घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।