Logo

२२ भदौ,वीरगञ्ज । नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन सुरु भएको छ । वीरगञ्जको नगरसभा गृहमा हुने अधिवेशनको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको छ । विहान ९ बजे उद्घाटन हुने तय भएको कार्यक्रममा उपराष्ट्रपति यादव आउन ढिलो भएकाले कार्यक्रम ढिलै सुरु भएको हो ।

अधिवेशनमा मधेस प्रदेशका मुख्यमन्त्रीको पनि उपस्थित हुनुहुन्छ । संघका केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्ष लगायत प्रत्येक जिल्लाबाट तीनतीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरि २१० जनाको अधिवेशन प्रतिनिधिको रूपमा सहभागीता रहेको संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो ।

देशको हरेक असहज परिस्थितिमा समेत ज्यानको जोखिम मोलेर सेवामा क्रियाशील रहेको संघको आज हुने बन्दसत्रले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, आयात, थोक र खुद्रा विक्रेताबाट एक÷एक जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, लगायत पदाधिकारी सहित २१ सदस्यीय कार्य समिति चयन हुनेछन् ।

नेतृत्वमा आकांक्षीहरू भएपनि सर्वसहमतिको प्रयास गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यता संघको अध्यक्षमा वीरगन्जका व्यावसायी प्रकाश खण्डेलवालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

 


सम्बन्धित समाचार