Logo

२३ भदौ,वीरगञ्ज । सर्लाहीको सदरमुकाम मलँगवामा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले सदरमुकाम मलँगवा नगरपालिकामा आज निषेधाज्ञा जारी गरेको हो ।

मलँगवा नगरपालिकामा अहिले साँझ पाँचजबेदेखि भोलि आईतबार बिहान आठ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । मुर्ति बिसर्जनको बिषयमा भएको झडपलाई लिएर शान्ति कायम गर्नको लागि नगरपालिकाको पुरै क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको घिमिरेले बताए ।

‘मलँगवा नगरपालिकाभित्र साँझ पाँच बजेदेखि भोलि बिहान आठ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ,उनले भने,अहिले त केही भएको छैन रातिमा स्थिती बिग्रन सक्छ कि भनेर नगरपालिका भरि निषेधाज्ञा जारी गरिएको हो । ’सुरक्षाकर्मीहरुलाई परिचालन गरि सुरक्षा ब्यावस्थालाई कडा पारिएको पनि उनले बताए ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएको थियो । थप झडप हुन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


सम्बन्धित समाचार