![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/suwas-nemwang_0.jpg?fit=2048%2C945&ssl=1)
२६ भदौ,काठमाण्डौ । सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेपाली सेनाको टोलीले नेम्वाङको शव च्यासल पुर्याएको हो ।
सरकारले राजकीय सम्मान दिने निर्णय गरेसँगै शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । नेम्वाङको शव भोलि दिउँसोसम्म पार्टी कार्यालयमा राख्ने एमालेले जनाएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् ।
संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको ह्यदयघातका कारण गएराति निधन भएको हो ।