![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/pm-president1694847575.jpg?fit=1024%2C624&ssl=1)
३० भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।