Logo

३१ भदौ,वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराको गेट अगाडी युवाहरुले विरोध प्रदर्शन गरेका छन् । बिना सुचना छिनछिनमै बिजुली काटिने गरेकाले दैनिकीमा असर परेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सचेत युवाका समुहले केन्द्रको गेट अगाडी ‘विद्युतका हाकिम मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध जनाएको हो । कलैया उपमहानगरपालिकामा छिनछिनमा लाईन काटिनुको कारण नदेखाई दैनिक विहान, बेलुका र रातिको समयमा गरी ३/४ घण्टा सम्म समेत लाईन काटिने गरेको स्थानियले गुनासो गरेका छन् ।

छिनछिनमा लाईन काटिदा विद्युतिय उपकरण विग्रने गरेको स्थानिय अनिल कुमारले बताउनुभयो । “वितरण केन्द्रमा के समस्या छ, कुनै सुचना गरिदैन” तर पनि छिन्छिन्मा बत्ति काटिनुको कारण देखाउन केन्द्रका प्रमुख पन्छिने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष जट्टाशंकर सहनीले बताउनुभयो । गर्मीको समयमा पनि छिन्छिन्मा बिजुली आपुर्ति बन्द हुँदा यसको प्रत्यक्ष असर दैनिक जीवनमा परेको डा. सुशिल साहले बताउनुभयो ।

२४ घण्टामा छिन्छिन् गरी २०/२५ पटक लाईन काटिने गरेको भन्दै हाकिम साबलाई पटक पटक जानकारी गराउँदा पनि समाधान हुन नसकेको डा. साहले दुखेसो पोख्नुभयो । यता प्राविधिक समस्या भएको भन्दै गएराति वीरगन्ज–कलैया अन्तर्गत पर्ने भलुहीमा एक फेज उडेकोले समस्या आएको र लामो समय विद्युत कटौती गर्नु परेको कलैया वितरण केन्द्रका प्रमुख ऋषि कुमार वर्णवालले बताउनुभयो ।

उहाँले दैनिक ३/४ पटक विद्युत कटिने समस्या जिल्लाको मात्र नभई देशभरकै भएको भन्दै दैनिक ३÷४ पटक भन्दा बढी नकाटिएको दावी गर्नुभएको छ ।

 


सम्बन्धित समाचार