Logo

३१ भदौ,जनकपुर ।तराई मधेश लोकतान्त्रिक पार्टीले यही असोज ३ गते कालो दिनको रुपमा मनाउने जनाएको छ ।जनकपुरधाम स्थित तमलोपाको केन्द्रिय कार्यालयमा बसेको बैठकबाट असोज ३ गते मधेश र मधेशीलगायतकाहरुका लागि कालो दिन रहेकाले यस दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले जनाएको छ ।

तमलोपाका कार्यवाहक अध्यक्ष डा. सिंहले एक विज्ञप्ति जारी गर्दै असोज ३ गते कालो दिन मनाउने भएकाले बुधबार विहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा राख्ने र बेलुकी जनकपुरधाम स्थित भानु जनक चोकमा सार्वजनिकरुपमा विरोध कार्यक्रम गरी असोज ३ कालो दिन मनाउने निर्णय गरेको छ ।

कार्यवाहक अध्यक्ष डा. सिंहले आम समुदायलाई यस कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेका छन् ।
०७२ साल असोज ३ गते त्रुटीपुर्ण संविधान जारी गर्न लागेको भन्दै तराई मधेशलगायतका क्षेत्रमा असन्तुष्ट पक्षधर मधेश केन्द्रित दलले आन्दोलन गरेको थियो ।


सम्बन्धित समाचार