Logo

३१ भदौ,जनकपुर । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनप्रति कोहीपनि गम्भीर नरहेको बताएका छन् ।

आइतबार जनकपुरधाममा संगठन विस्तर अभियानको उद्घाटन गर्दै पुर्वमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संघीयताका लागि कुनै पनि काम नभएको भन्दै अहिलेपनि यसका लागि निरन्तर आन्दोलनको आवश्यकता रहेकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष यादवले संविधान घोषणा भएको आठ वर्ष भएतापनि संविधानको मुल मस्तिष्क संघीयता कार्यान्वयनका लागि महत्वपुर्ण आठवटा कानुनहरुसमेत बन्न नसक्नु ठुलो षडयन्त्र रहेको बताए ।

संविधानमा रहेको संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकार बनेको भन्दै अध्यक्ष यादवले भने, ‘तर संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई प्रहरी प्रशासन विहीन बनाइयो, कर्मचारी चलाउने अधिकारपनि दिइएन, न्यायपालिकामा समेत अधिकार कटौटी गर्यो भने मधेशको जनसंख्याको ५३ प्रतिशत रहँदापनि संसदमा प्रतिनिधित्व ४० प्रतिशत पनि छैन, यी सबै कुराले संघीयता मास्ने षड्यन्त्र भइरहेको भन्ने कुरालाई स्पष्ट पारेकाले आन्दोलनका लागि तयारी गरौँ ।’

उनले नेपालमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेता नरहेको समेत जिकिर गरे । उनले उपलब्धीको रक्षा गर्नका निम्ति जसपा मात्र रहेकाले दावी गर्दै अध्यक्ष यादवले राज्यशक्तिले जसपालाई कमजोर बनाउन दुईवटा पार्टीलाई खटाएकाले यसको प्रतिवाद गर्नपनि तम्तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

प्रभु साह र डा. सिके राउतको पार्टीको मुख्य एजेन्डा नै जसपा कमजोर बनाउनु रहेको भन्दै यसका लागि उनीहरुको भण्डाफोर गर्नका लागि नेता तथा कार्यकर्ताहरुलाई भने ।


सम्बन्धित समाचार