![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/378056950_836873508240912_4046780104192753170_n.jpg?fit=1200%2C668&ssl=1)
भदौ ३१,वीरगञ्ज । शिलन्यास गरिएको १५ वर्ष पछि बारामा दलित धर्मशालाकोे उद्धघाटन गरिएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनीमालमा श्री राम दलित धर्मशालाको उद्धघाटन गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले धर्मशालाको उद्धघाटन गर्नुभएको हो । २०६४ सालमा धर्मशाला निर्माणका लागी भवन शिलन्यास गरिएको थियो भने धर्मशालाको लागी पौने ३ लाख रकम निकास गरिएको थियो । तर संसदीय बिकासको २५ लाख र निकासा गरिएको पौने तिन लाख गरी जम्मा २७ लाख ७५ हजारमा धर्मशाला निर्माण गरिएको परवानीपुर गाउँपालिका वडा नं. ३ का पुर्व अध्यक्ष अनिल रामले बताउनुभयो ।
उहाँका अनुसार धर्मशालामा २ वटा कोठा र एउटा हल छ । उद्धघाटन कार्यक्रममा लोसपा बारा क्षेत्र नं.४ का क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, वडा नं ४ का वडा अध्यक्ष गम्भीरा पटेल, हमिद मियाँ लगायतको उपस्थिती रहेको थियो ।