Logo

३ असोज, वीरगञ्ज । न्यायपरिषद्ले ३६ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ । जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिना नै नियुक्त भएका हुन्।

मंगलबार बसेको न्यायपरिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको छ। उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरिएको हो।

नियुक्तिको परीक्षामा सहभागी २११ जनामध्ये न्याय सेवाका कर्मचारी पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका थिए। संविधानको धारा १४९ (२) को खण्ड (ख) र (गं) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ।

रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ। आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो।

तर परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि अब न्याय परिषदले छानेर नियुक्त गरेको छ।

न्यायधीस नियुक्त र न्यायधीसको सरुवा सूचि


सम्बन्धित समाचार