Logo

३ असाेज, वीरगञ्ज । देशको संविधान जारी भएको दिनलाई हर्षोल्लासका साथ मनाउँदै साँझ दीपावली मनाउन आह्वान गरिएको भए पनि पर्सामा भने यो दिवसको विरोध गरिएको छ ।

आम जनता पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले वीरगञ्जको घन्टाघरमा संविधानविरुद्ध अन्त्येष्टि यात्रा निकालेका छन् । संविधान लागु भएदेखि नै किसान, युवा, व्यापारी र जनताको पक्षमा नभएको र जनताको भावनाविपरीत भएकोले संविधानको अन्त्येष्टि यात्रा निकालेका हुन् । प्रदर्शनमा आम जनता पार्टीका केन्द्रीय सदस्यहरु तथा विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले संविधानको विरोध गरेका हुन् ।

संविधान खारेज गर, किसानलाई पेन्सनको व्यवस्था गर, ट्रेक्टरमा लाग्ने कर छुट गर, बैंकले अनैतिक ढङ्गले लिएको ब्याजको पैसा फिर्ता गर लगायतको नारा लगाउदँै आम जनता पार्टीका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका हुन् । https://www.youtube.com/watch?v=e-I5QLwRWIk


सम्बन्धित समाचार