Logo

४ असोज,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले विशेष आदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा मनप्रसाद रेग्मीसमेत तीन जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले रेग्मीविरुद्ध चार करोड ५४ लाख ३३ हजार ६९८ रुपियाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगगको निर्णय अनुसार असोज २ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 


सम्बन्धित समाचार