Logo

८ असोज,जनकपुर ।राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा जानकी मन्दिरमा दर्शन तथा पुजाअर्चना गरेका छन् ।

आज विहान जनकपुरधाम आईपुगेका राष्ट्रपति पौडेल जनकपुर विमानस्थलबाट सिधै जानकी मन्दिरमा पुगेर पुजाअर्चना गरेका हुन् ।जानकी मन्दिरको दर्शन पछि उनी मधेश प्रदेशका प्रमुख हरिशंकार मिश्रसँग भेटघाट गर्दै जलपान ग्रहणको कार्यक्रम रहेको छ ।

भने त्यसपछि नेपाल राष्ट्र बैंक जनकपुरधाम स्थित अतिथि निवासमा विश्राम गरेपश्चात दिउँसो १ बजे तिरहुतिया गाछी स्थित निर्माण गरिएको महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन तथा नागरिक अभिनन्दनको कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार