Logo

९ असोज,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाकी कान्ती देबी बिनको हत्यामा प्रहरी अनुसन्धान ‘गोलमाल’ रहेको पाइएको छ ।
बिन हत्याका घटनामा पक्राउ परेका तीनजनामध्ये एकजनामाथि मुद्दा चलाउने भएपछि प्रहरी अनुसन्धान शंकास्पद मात्रै नभइ गोलमाल नै रहेको तथ्यको उजागर भएको हो ।

प्रारम्भिक अनुसन्धानमा घटनास्थलबाट पाइएको प्रमाणलाई आधार मान्ने कि पक्राउ परेको ब्यक्तिको बयानलाई ? यो प्रश्नको उत्तर नभेटिदा नामका लागि मात्रै प्रहरी अनुसन्धान चलेको तथ्यले देखाइरहेको मात्रै छैन, अनुसन्धानमाथि गम्भीर सवाल खडा गरेको छ ।
जगरनाथपुर गाउँपालिकाको मसिहानीकी बिनको घाँटी रेटी हत्या भएको थियो । गएको २ असोजमा अर्धनग्न अवस्थामा बिनको हत्या भएको थियो ।

२ वटा तथ्यमा प्रहरी अनुसन्धान

प्रहरीसंग बिन हत्या प्रकरणमा २ वटा गम्भीर तथ्य फेला पर्‍यो । पहिलो हो, घटनास्थलबाट बरामद काठको भाठा । जसलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ–सबुतका लागि । अर्थात् यही भाठा हत्या भएको हुन सक्ने प्रहरी आंकलन छ।

दोस्रो हो, एक मान्छे पक्राउ । घटनामा संलग्न रहेको आशंकामा सुरुमा प्रहरीले मृतकका नातामा पर्ने देवर लालबाबु बिनलाई पक्राउ ग¥यो । त्यसपछि सुरु भयो प्रहरी अनुसन्धान ।

पक्राउ परेका लालबाबुलाई मुख्य आधार मानीे प्रहरी अनुसन्धान केन्द्रीत रहयो । उसैको बयानबाट थप २ जनालाई पक्राउ गर्‍यो,जसलाई करिब एक साता नै राखियो प्रहरी हिरासतमा–अनुसन्धानका लागि । तर स्रोतका अनुसार प्रहरीले त्यसमध्ये २ जनामाथि मुद्दा नचलाउने प्रहरी तयारी छ ।
अब प्रहरीमाथि उठ्छ प्रश्न ?
पर्सा प्रहरीले यी २ तथ्यमध्ये कुन आधारमा मुद्दा चलाउने हो ? तथ्य वा बयान । यही आधारमा अनुसनधान चलाउने हो भने प्रहरीको अनुसन्धानमा शंका मात्रै उब्जेको छैन, अनुसन्धान गर्ने अफिसरको नै कमी रहेको भन्ने पुष्टि हुन्छ ।

त्यो कसरी भन्ने यदि पहिलो आधारलाई लिने हो भने त्यो हो बरामद भएको काठको भाठा । फेरि प्रश्न खडा हुन्छ–भाठा कसरी धारिलो हतियार हो । किनकी,प्रहरीले धारिलो हतियारबाट नै हत्या भएको बताइसकेको छ ।

त्यसकारण यो तथ्यमा दम नभएको पुष्टि गर्न प्रहरीकै प्रतिक्रियाले बल दिइरहेको छ । जसले गर्दा यो आधार पनि आधारहीन नै छ । किनकी, अहिलेसम्म हत्यामा प्रहरी प्रयोग गरिएको धारिलो हतियारसमेत बरामद गर्न सकेको छैन ।

दोस्रो हो, मान्छे पक्राउ । यदि यो आधारमा अनुसन्धान चलाउने हो भने उसले भनेको सबै बयानलाई आधारमा मान्नुपर्छ । त्यहीअनुसार मुद्दा पनि चलाउनुपर्छ । तर यहाँ त्यो देखिएको छ। किनकी, पक्राउ परेका व्यक्ति २ जनाको नाम पोल्दा पनि त्यसलाई आधार नमानी ती २ जनालाई उन्मुक्ति दिँदैछ । त्यसकारण यो आधार पनि आधारहीन नै रहेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार अहिलेसम्म फेला परेका यी दुई तथ्यकै आधार प्रहरी अनुसन्धान चलेको छ । जानकारहरु भन्छन्– यदि यही आधारमा अनुसन्धान भएको छ त्यसमा गम्भीर त्रुटि देखिन्छ, नियतवशले अनुसन्धान गरेको सरह ठहर हुन्छ ।’ अर्थात् अरु कोहीको इसारामा यो अनुसन्धान चलाइएको भन्ने बुझिन्छ,’ पूर्व प्रहरी प्रमुखहरु बताउँछन् ।

पर्सा प्रहरीसंग यो विषयमा रेस खबरले प्रतिक्रिया लिँदा प्रहरी केही बोल्न मानेन । प्रहरी प्रवक्ता कुमारविक्रम थापाले यसबारेमा अहिले बोल्न नमिल्ने जनाउँदै भोली हुने पत्रकार सम्मेलनमा सबै जानकारी गराउँने प्रतिक्रिया दिए ।
घटना विवरण
मृतक बिन घरमा एक्लै बस्दै आएकी थिइन । उनका छोरीको बिहे र छोराद्वय बाहिर गएपछि उनी एक्लै घरमा बस्दै आएकी थिइन । उनी आफ्नो एकलोपन कम गर्नका लागि समय पासका लागि बाख्रा समेत पालेकी थिइन । त्यही बाख्रा चराउन अन्य महिलासाथीसंग उनी बाहिर जान्थिन,जुन सधैको काम थियो । तर २ असोजमा भने उनी गइनन् ।

बाख्रा भोकै रहेपछि कराउँन थाले । त्यसपछि ती महिला फर्किदा उनको घरमा पसिन जहाँ उनले भेटिन् बिनलाई मृत अवस्थामा । त्यसपछि उनले हारगुहार गर्दै सबैलाई घटनाबारे जानकारी गराइन । घटनाको जानकारी पाएका स्थानीयहरुले प्रहरीलाई खबर गर्‍यो।

प्रहरी घटनास्थलमा पुग्दा प्रहरी कान्ती घरमा मृत अवस्थामा फेला परिन, उनको घरको मुख्य ढोकाको चुकुल बन्द नै रहेको पायो । प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहँदा फेला पार्‍यो–घरको पछाडिपट्टि खनेको ठाउँ । जहाँबाट ‘सेन’ मारेर हत्यारा घरमा पसेको प्रहरीको निक्र्योल रहयो । यहीबाट प्रहरी अनुसन्धान पनि सुरु भयो ।


सम्बन्धित समाचार