![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/383076228_699826718258233_3141138991020771076_n.jpg?fit=1600%2C1200&ssl=1)
१३ असोज,वीरगञ्ज । युवा संघ नेपाल पर्साको बैठक आज बीरगन्जमा सम्पन्न भएको छ । सम्पन्न बैठकले मेची महाकाली समाजवादी जागरण अभियानको लागि बीरगन्जमा जन परिचालन समिति समेत गठन गरेको छ ।
बैठकले युवासंघका अलि अन्सारी र आकाश पटेलको नेतृत्वमा जन परिचालन समिति गठन गरेको हो । १८ असोजमा मेची महाकाली समाजवादी जागरण अभियानको कार्यक्रम रहेको हुँदा त्यसलाई सफल बनाउँन जन परिचालन समिति गठन गरिएको हो ।
१४ असोजदेखि सुरु भएको समाजवादी अभियानको टोली यहि १८ असोजमा दिउँसो बीरगन्ज आइपुग्नेछ। युवा संघ नेपालको पर्सा इञ्चार्ज अनील पटेलको प्रमुख आतिथ्यता तथा आकाश पटेलको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नेकपा एकीकृत समाजपार्टीका नेता रामेश्वर धानुक, युवा संघका सन्दिप पटेल, दिपक साह, नरेन्द्र पटेल, चन्दन महतो, बिक्रम पटेल, कैलाश पासवान, पप्पु पटेल, रामबाबू महतो, पवन कुमार, बिनोद पटेल, ज्वाहिर अन्सारी, सुरज कुशवाहा, रामबाबु कुर्मी लगायतको बैठकमा उपस्थिती रहेको थियो ।