Logo

१३ असोज,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ७ स्थित नगर अस्पताल सञ्चालन गर्न बारा उद्योग वाणिज्य संघ सिम्रौनगढले ज्ञापनपत्र बुझाइएको छ ।

दुई महिना भन्दा बढि समयदेखि अस्पताल बन्द हुदाँ सेवाग्राहीलाई सास्ती भएको छ । सोही समस्यालाई मध्यनजर गर्दै आज संघले नगरप्रमुख किशोरी प्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएको हो ।

संघले कार्यपालिकाको बैठकमा नगरप्रमुख कलवारलाई ज्ञापनपत्र बुझाएका थिए । तीन दिनभित्रमा अस्पताल पुनः सञ्चालनमा नल्याइए नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने संघको चेतावनी छ ।

उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले नगरप्रमुख कलवारलाई पत्र बुझाउनुभएको हो ।

सो अवसरमा उद्योग वाणिज्य संघ सिम्रौनगढका सचिव रामबाबु कुशवाहा, कोषाध्यक्ष दिनेश प्रसाद जयसवाल, सदस्य राजकिशोर सिंह लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार