Logo

१७ असोज,जनकपुर । मधेश प्रदेश सरकारको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा भौतिक मन्त्री कृष्णा यादवलाई दिइएको छ ।मुख्यमन्त्री सरोज यादव काम विशेषले प्रदेशबाहिर हुने भएकोले कार्यबाहक मुख्यमन्त्रीको रुपमा कृष्णा यादवलाई तोकेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट एक पत्र जारी गर्दै मुख्यमन्त्री सरोज यादवको हस्ताक्षरमा भौतिक पूर्वाधार विकास मन्त्री यादवलाई कार्यबाहक मुख्यमन्त्री ताकिएको हो ।
मुख्यमन्त्री सरोज यादवद्वारा जारी लेटरमा भनिएको छ– ‘म काम विशेषले प्रदेशबाहिर जाँदैछु ,नआउञ्जेलसम्मका लागि मधेश प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली २०८० को नियम १४ को उपनियम(३) बमोजिम तपाइलाई कार्यबाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराइन्छ ।’


सम्बन्धित समाचार