Logo

१७ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्सा आन्तरिक विवादको दलदलमा फसेको छ । जसपा पर्साका शीर्ष नेताहरु दुई खेमामा विभाजित भएपछि जसपामा विवाद चुलिएको हो ।

जिल्ला अधयक्ष रामनरेश यादवले आफ्नो मनोपरी गरिरहेको आरोप लगाउँदै सांसद प्रदीप यादवले सिंघासन साह तेलीको नेतृत्वमा समानान्तर जिल्ला कमिटि गठन गरेपछि जसपाभित्रको आन्तरिक विवाद सतहमा आएको हो ।

जसपा पार्टी सचेतक समेत रहेका सांसद प्रदीप यादवको निर्देशनमा तेलीको नेतृत्वमा अर्को समानान्तर जिल्ला कमिटि गठन भएपछि विवादले उग्ररुप लिएको हो ।

केके गर्दैछन् दुबै समूह ?

१० असोजमा जसपा पर्साले सिंघासन साहको नेतृत्वमा गठन भएको अर्को समानान्तर कमिटिलाई आधिकारिक बनाउँनतर्फ क्रियाशील छ । त्यसका लागि हस्ताक्षर संकलनदेखि लिएर कार्यकर्तासंग बैठक,गोष्ठी र भेटघाटमा तिव्रता दिएको छ ।

तेली नेतृत्वको कमिटिको रणनीति छ–एनि हाउँ,आधिकारिक कमिटि बनाऊ ।’ यो नीति अन्तर्गत तेलीसहितका नेताहरु लागि परेका मात्रै छैन, दौडधुप तिव्रता दिएका छन् ।

किनभने, जसपा मधेश प्रदेश कमिटिले तेली नेतृत्वको समानान्तर कमिटिलाई अवैधानिक रहेको प्रतिक्रिया दिइसकेको छ । तर त्यसको बाबजुद पनि तेली नेतृत्वको समूहले भने आफ्नो कमिटिलाई नै बैधानिक बनाउँन लागिपरेको छ ।

यता रामनरेश यादव नेतृत्वको समूह पनि आफ्नो आधिकारिकताबारे पार्टीले नै माथिल्लो तहबाटै स्पष्ट पारोस भनि लागि परेका छन् । काम विशेषले केही दिन अगाडि अध्यक्ष यादव भारतमा गएपनि उनको समूहभित्रका अन्य नेताहरुले जिल्लामा देखिएको विवाद माथिल्लो तहबाटै सुल्झाउँन नेतृत्वलाई दबाब दिइरहेको स्रोतको भनाइ छ ।

त्यसको अलावा सबै पालिकाका नेता कार्यकर्ताहरुसंग भेटघाट तथा छलफलमा यो समूह पनि जुटेको स्रोत बताउँछ । स्रोतका अनुसार यी २ वटै समूहमा जिल्लामा आफ्नो पकड मजबुत रहेको साबितमा होडबाजी चलिरहेको छ ।

जसपाका ४ वटा निर्वाचन क्षेत्रका क्षेत्रिय सभापतिहरुले सयुक्त विज्ञिप्ती मार्फत तेलीको नेतृत्वमा गठन गरिएको समिति अवैधानीक भनेका छन् । उनीहरुले रामनरेश यादवको नेतृत्वमा रहेको समिति आधिकारीक रहेको भन्दै भ्रममा नपर्न अपिल गरेका छन् ।

किन विवाद ?

जसपा पर्सा अध्यक्ष यादव पछिल्लो समय पार्टी संगठन विस्तारमा सक्रिय थिए । सदरमुकामदेखि गाउँसम्ममा अहिले संगठन विस्तारको कार्यक्रम जसपामा चलिरहेको थियो,जुन पार्टीको हकमा भने राम्रै विषय थियो । तर सांसद यादवलाई भने त्यो बेठीक लागरिहेको थियो ।

कारण– गाउँगाउँमा किमिटि विस्तार गर्दा आफ्नो अध्यक्ष यादवले आफ्नो मनोपरी गरिरहेको भान सांसद यादवसहितका समूहलाई भइसकेको थियो । जुन उनीहरुको खेमाका लागि भने बेठीक नै हो ।

जिल्लाभर आफ्नो हिसाबले संगठन विस्तार गर्दा तनाव नभएका सांसद यादवले कब तनाव भयो जब उनकै क्षेत्रमा इच्छाविपरीत संगठन विस्तारका कार्य भयो । त्यसपछि सांसद यादवले आफ्नो वर्चश्व कम हुने देखेपछि बेग्लै रणनीति बुने, जसअन्तर्गत रामनरेश यादवलाई विवादीत वनाउन छुट्टै समानान्तर जिल्ला कमिटि नै बनाइ दिए ।

जसपा पर्साले पछिल्लो समय वडा एकाइ, पालिका, क्षेत्र कमिटि गठन, जिल्ला कमिटि पुनर्गठन जस्ता सांगठनिक विस्तारको कार्यक्रम गरेको पार्टी सचिवालयले जनाएको हो ।

तानातानमा कार्यकर्ता

पार्टीमा आन्तरिक विवाद चर्किएपछि अहिले कार्यकर्ता तानातानको अवस्था छ । एउटा खेमाले अर्को खेमाका कार्यकर्तालाई आफ्नो समूहमा तान्ने प्रयासरत छन्, जसले गर्दा पार्टीभित्र अहिले कार्यकर्तालाई कुशल नेतृत्वको अभाव झै भइरहेको छ ।

सांसद प्रदीप यादवको समूहमा बीरगन्जका मेयर राजेशमान सिंहसहितका नेताहरुको समर्थन छ भने जिल्ला अध्यक्ष रामनरेश यादवको पक्षमा पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरु छन् ।


सम्बन्धित समाचार