Logo

१७ असोज,सिम्रौनगढ । बाराको सिम्रौनगढ ७ स्थित सिम्रौनगढ नगर अस्पताल झण्डै अढाई महिना पछि खुल्ने भएको छ । साउन १ गतेदेखि बन्द रहेको नगर अस्पताल भोलीदेखि सञ्चालनमा आउने भएको छ ।

करारका कर्मचारीले तलबको माग गर्दै बन्द गरेको अस्पताल आपसी सहमतिपछि खुल्ने भएको हो । अस्पताल बन्द हुदाँ सेवाग्राहीलाई परेको मर्कालाई मध्यनजर गर्दै अस्पताल सञ्चालको माग गर्दै बारा उद्योग वाणिज्य संघले तीनदिनभित्र अस्पताल पूनः सञ्चालनमा ल्याउन अल्टिमेटम दिएको थियो ।

सोही अल्टिमेटमको आधारमा नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको हो । संघले तीन दिनभित्र अस्पताल सञ्चालनमा नल्याए नगरपालिकामा तालाबन्दी गर्ने भन्दै नगरप्रमुख किशोरी प्रसाद कलवारलाई ज्ञापन पत्र बुझाएको थियो ।

भोलि देखि अस्पताल खुल्ने भएसँगै अस्पताल परिसरको सरसफाइ सुरु भएको छ ।

 


सम्बन्धित समाचार