Logo

१७ असोज,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगरी उप– शाखा र राम नगरी युवा समाजको आयोजनामा बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीस्थित स्वास्थ्य चौकी छठ घाट प्राङगणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ३१ पोका रगत संकलन भएको छ । कार्यक्रममा २ जना महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी राम नगरी उप–शाखाका सभापति हरिन्द्र साहले जनाए ।

रक्तदान गर्नेहरुमा कमलेश गुप्ता,अन्जली यादव, अनुराधा पटेल, जय नरेश साह, सोनालाल पटेल, प्रभात पण्डित, नरेश यादव, राजेश राउत कुर्मी, प्रबिन पटेल, रामेश्वर यादव लगायतका रहेका छन् ।

 

 


सम्बन्धित समाचार