Logo

१९ असोज, काठमाडौं । सिरियाको सैनिक क्याम्पमा भएको ड्रोन आक्रमणमा सय जनाको मृत्यु भएको छ । सैनिक अधिकृतको दिक्षान्त समारोह भैरहेका बेला आक्रमण गर्दा यति ठूलो हताहती भएको हो । आक्रमणमा अरु दर्जनौ घाइते भएका छन् ।

सैनिक प्रतिष्ठानमा भएको दिक्षान्त कार्यक्रममा रक्षा मंत्री सहभागी भएर फकिएको केही समयमै भएको ड्रोन हमलालाई सीरियाली सैनिक माथि भएको अहिलेसम्मकै घातक हमला भनिएको छ । पछिल्लो १२ बर्षदेखि सिरिया गृहयुद्धको मारमा परिरहेको छ ।

हमलामां दिक्षान्तमा सहभागी अधिकृतका बालबालिकासहित परिवारका सदस्यसमेत परेको जनाइएको छ । आक्रमणमा अन्तर्राष्ट्रिय आतंकवादीसंगठनकै हात रहेको सेनाको आरोप छ । तर आक्रमणको हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।


सम्बन्धित समाचार