![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/prabhushah_20230702140140.jpeg?fit=897%2C720&ssl=1)
१९ असोज,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले विद्यायलय शिक्षा विधेयक संविधान भावनाविपरीत रहेको बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै विद्यायलय शक्षा विधेयक वर्तमान संविधानको भावनाविपरीत रहेको औल्याए ।
विद्ययालय शिक्षा विधेयक संकुचन सोचबाट आएको उनको भनाई छ । उनले विधेयक शिक्षा क्षेत्रलाई उत्साहित गर्ने भन्दा पनि अस्तव्यस्त बनाउने दिसार्तफ प्रेरित रहेको जनाए ।
उनले भने,‘अहिले वर्तमान समस्याको ‘टेकल’ गर्न नस्किने देखिएको छ, हामी तपाई सबैलाई थाहाँ छ ।
शिक्षा क्षेत्रको प्रमुख समस्या भनेको गुण्सतरिय शिक्षा हो । सम्मान शिक्षा हो, तर यो सब प्रदान भइरहेको छैन’ उनका अनुसार अहिले पनी लाखौँ विद्यार्थीहरु शिक्षा विद्ययाल भन्दा बाहिर छन् । त्यसकारण अबको शिक्षा उत्पादनमूलक शिक्षा हुनुपर्ने अहिलेको आवश्यक्ता रहेको उनको तर्क छ ।