Logo

१९ असोज,ठोरी । पेसागत हकका निमित्त आन्दोलन गरेका शिक्षकहरुलाई नेपाली काङ्ग्रेस ठोरीले नैतिक समर्थन गरेको छ । ट्रेड युनियन अधिकार र पेसागत सुरक्षा र सम्मानको माग गर्दै आन्दोलन गरेका ठोरीका शिक्षकहरुलाई सम्मान गर्दै ठोरी काङ्ग्रेसले समर्थन गरेको हो ।

शुक्रबार ठोरी –४ मा रहेको नेराआवि निर्मलवस्तीमा शिक्षकहरुको लागि सम्मान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा उसले गत असोज ३ गतेदेखि भएको काठमाडौं केन्द्रित शिक्षकहरुको सडक आन्दोलनमा प्रत्यक्ष सहभागी र नैतिक एवम् आर्थिक सहयोग गरेका शिक्षकहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा वक्ताहरुले शिक्षकका माग पुरा गर्ने सवालमा स्थानीय काङ्ग्रेस नेतृत्वले काङ्ग्रेसको मुल नेतृत्वलाई सजग गर्नुपर्नेमा जोड दिए । सरकार र शिक्षकबीच भएको सम्झौता कार्यान्वयनमा काङ्ग्रेसको मुख्य भूमिका रहने वक्ताहरुको जोड थियो ।

कार्यक्रममा काङ्ग्रेसका महधिवेशन प्रतिनिधिहरु राम बहादुर श्रेष्ठ र प्रकाश खनाल, शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ , नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य केशव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न शिक्षकका संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु एवम् विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति थियो ।


सम्बन्धित समाचार