Logo

२० असोज, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रचार विभागले प्रदेस स्तरीय भेला तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रचार तथा प्रकाशन विभाग मधेश प्रदेशको आयोजनामा यही असोज २१ गते (भोली) आइतबार वीरगञ्जको श्रीपुरस्थित क्लासिक ब्वक्वेटमा कार्यक्रमको आयोजना हुने भएको हो ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष, प्रचार तथा प्रकाशन विभाग इन्चार्ज एवं पूर्वसभामुख अग्नी सापकोटा र पार्टीका सचिव तथा मधेस प्रदेशका इन्चार्ज लिलामणी पोखरेलले भेलालाई सम्बोधनल गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा माओवादी केन्द्रका मधेस प्रदेशका ८ वटै जिल्लाका इन्चार्ज, पार्टीका केन्द्रिय सदस्य, जनवर्गाीय संगठनको मधेश प्रदेश अध्यक्ष तथा इन्चार्ज लगायतको सहभागीता रहने छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा प्रदेश पदाधिकारी लगायत जिल्ला अध्यक्ष, सचिवसहित १ सय जनाको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका प्रचार तथा प्रकाशन विभागका प्रमुख गोविन्द देवकोटाले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार