![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/WhatsApp-Image-2023-10-07-at-4.36.00-PM.jpeg?fit=1280%2C720&ssl=1)
२० असोज,वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ मा आज महाधिवेशन समितिको चयन भएको छ । उद्योग मन्त्री रमेश रिजालसहित ११ जना केन्द्रीय महाधिवेशन समिति सदस्य पदमा चयन भएका हुन् ।
क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन समिति सदस्यहरुमा बशिष्टनारायण कुर्मी, रमेश पाण्डे, बृहस्पति श्रेष्ठ, शंकर प्रसाद चौधरी, शैल देबी राजपुत, शोर्भा शर्मा, गोमा उपाध्याय, रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी र छोटेलाल दास तत्वा निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशन प्रतिनिधिहरुको आज बसेको बैठकको सहमतिले सबैलाई चयन गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको हो ।
१४ पदको निर्वाचनका मनोनयन लागि आह्वान गरिएकोमा त्यो भन्दा बढी मनोनयन दर्ता नभएकाले ११ जना केन्द्रीय महासमिति सदय पदमा निर्विरोध निर्वाचति भएको कांग्रेस निर्वाचनले समितिले जनाएको हो ।