Logo

२४ असोज, वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालयले विभिन्न अपराधमा दोषी ठहरभएका फरार प्रतिवादी नियन्त्रण लिने अभियान चलाएको छ ।

प्रहरी नायब महानिरीक्ष (डिआइजी) जनक भट्टराइको निर्देशनमा मधेश प्रदेशमा फरार प्रतिवादी नियन्त्रणको अभियान चलाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फरार प्रतिवादी अभियान अन्तर्गत मधेश प्रदेशका ३ जिल्लाबाट १४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी भट्टराइले बताए ।

उनका अनुसार चाँडपर्व नजिक्दै जाँदा समाजमा शान्ति सुरक्षा कायम गर्ने हेतुले मधेश प्रदेशभित्र यस्ता अपराधिलाई समाउन निर्देशन दिइएको छ । प्रहरीले एकै दिनमा मधेशका तीन जिल्लाबाट १४ फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।

मधेश प्रहरीका अनुसार यही २२ असोजमा सप्तरीबाट १०, बाराबाट १ र सिरहाबाट ३ जना गरी एकै दिन १४ जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार