Logo

२५ असोज,काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादवलाई अस्पताल भर्ना गरिएको छ।

यादवलाई काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। वान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि यादवको डेंगु परीक्षण गरिएको थियो। परीक्षणबाट संक्रमण पुष्टि भएपछि बुधबार बेलुकी अस्पताल भर्ना गरिएको हो।

उपराष्ट्रपति यादवलाई स्वास्थ्य निगरानीका लागि अस्पताल भर्ना गरिएको बताइएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा विदेश विष्टले उपराष्ट्रपति यादवको अवस्था स्थिर रहेको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्। राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेका हुन्।


सम्बन्धित समाचार