Logo

२६ असोज,वीरगञ्ज । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज पर्साको सखुवाप्रसौनी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को कार्यक्रम सम्पन्न भएको छ ।

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष लाल बिहारी रामको अध्यक्षतामा र पटेर्वा सुगौली गाउँपालिकामा हरिशंकर चौरसियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान जिल्ला संयोजक रामदरश कुशवाहा, विशिष्ट अतिथि वीरगंज माहानगरपालिकाका उपाध्यक्ष राजु बैठा, वाइसियल पर्सा जिल्ला संयोजक दीपेन्द्र सिंह पटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुवै गाउँपालिकाका विद्यासागर यादव, रामजनम चौधरी र मदन चौधरीलाई साधारण सदस्य, सङ्गठित सदस्य र परिचयपत्र वितरणका लागि हस्तान्तरण गरिएको छ नेकपा (माओवादी केन्द्र) को तीन महिनो रुपान्तारण अभियानको सञ्चार संयन्त्रका सदस्य प्रभाकर गुप्ताले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार