![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/kedar-karki2023-10-14-10-23-44.gif?fit=1550%2C811&ssl=1)
२७ असोज,काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेका थिए।
कोशी प्रदेश सभामा बहुमत पु¥याउन ४७ सदस्य आवश्यक पर्दछ। एमालेबाट कोशी प्रदेशको उप सभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो।
सभामुख पद रित्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन्। मुख्यमन्त्री दावी गर्दा ८ जनाले मात्रै हस्ताक्षर गरेपनि कार्कीको् पक्षमा थप काङ्ग्रेसका प्रदेश सभा सदस्यहरु खुलेका छन्। कांग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।