Logo

२७ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमित सार्वजनिक खाली गराउने कार्यलाई निरन्तरता दिएको छ ।

महानगरले आज वडा नंं. १० मा पर्ने राम जानकी मन्दिरदेखि दक्षिणतर्फ रहेको अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएर खाली गराएको हो । बिजय कुमार अग्रवालले अतिक्रमण गरेको अन्दाजी ९ धुर जग्गा महानगरपालिकाले डोजर लगाएर खाली गराएको हो ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशन बमोजिम अतिक्रमित जग्गा खाली गराइएको भौतिक पुर्वधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसियाले जनाए ।
सो अवसरमा वडा नं. १० का वडा अध्यक्ष सुशिल कुमार कानु, नगर प्रमुखका सल्लाहकार हरि पोखरेल, नगर प्रहरि प्रमुख हरि प्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार