Logo

जनकपुर, असोज २७ । निकै रस्साकसीपछि नेकपा एमालेको मधेश प्रदेश अधिवेशनबाट सर्वसम्मतरुपमा कमिटीलाई पुर्णता दिँदै पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

दुई दिवसीय सम्म चल्ने भनिएको एमाले मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशन एक दिन अझै लम्ब्याएर भएपनि शीर्षनेतृत्वगणहरुले प्रदेश कमिटीले पुर्णता दिन सफल भएको हो । यसका साथै शुक्रबार नै पदाधिकारीहरु चयन भएपछि आज कमिटीलाई पर्णता दिँदै पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।

एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई प्रदेश निर्वाचन अधिकृतले सपथ गराए भने प्रदेश अध्यक्ष मण्डलले सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
सर्वसम्मतरुपमा चयन भएपछि एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव, उपसचिवमा मो. कैश, उपसचिव महिलामा आरती भण्डारी रहेका छन् ।

यी पदाधिकारीहरुले शनिबार साझमा सपथग्रहण गरेका छन् ।
त्यस्तै पदाधिकारीसहित २३५ सदस्यीयका लागि भएको प्रदेश अधिवेशनबाट सदस्यहरुमा भने विभिन्न क्लस्टर मध्येबाट सर्वसम्मतरुप चयन गरिएको छ ।


सदस्यहरुमा चयन हुनेहरुमा धनुषाबाट शिवशंकर साह हिरा, दिनेश कुमार सिंह, सुशिलकुमार दास, लखन दास तत्मा, रामबाबु पजियार, केदार कुमार अधिकारी, महिन्दर यादव, सुकदव यादव,  सर्लाहीबाट किशोर बराइली, रामनरेश मण्डल खत्वे, रेणु देवी पासवान लगायतका छन् ।

सदस्यसहित नवनिर्वाचित प्रदेश कमिटीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सपथ ग्रहण तथा पदभार ग्रहण गराउने योजना रहेको एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै प्रदेश लेखा आयोगको अध्यक्षमा लक्ष्मी नारायण यादव, उपाध्यक्षमा केवल प्रसाद चौधरी, सचिवमा दिपेन्द्र महतो छन् भने सदस्यहरुमा विशाल प्रसाद घिमिरे, रामप्रकाश यादव, पल्टी देवी महरा, चन्दन राज शर्मा छन् ।


सम्बन्धित समाचार