Logo

२८ असोज,वीरगञ्ज । बडा दशैंसहितको चाडबाडलाई लक्षित गरी पर्सामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा सदरमुकामको चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यात्रु सहायता कक्षा स्थापना गरेको हो ।

चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकाममा सहायता कक्षा स्थापना गरिएको हो । जहाँ यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाले जनाए ।

उनका अनुसार पर्सामा सहायता कक्ष विशेषगरी सर्वसाधारणलाई सहयोग पुग्ने हेतुलाई नै सञ्चालनमा ल्याइएको हो ।
ट्राफिक प्रहरी कार्यालयल वीरगञ्जको बसपार्क, घण्टाघर, परवानीपुर र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख खतिवडाले जनाए ।

यात्रु हेल्प डेस्क, खाली डेस्क मात्रै
यात्रुको सहजताका लागि खोलिएको सहायता कक्ष भने खाली रहेको पाइएको छ, त्यो पनि दशैंको घटस्थापनाकै दिन ।रेसखबरले वीरगञ्जको यात्रुको कक्षहरुबारे जानकारी लिन गएको बेला अधिकांश यात्रु कक्ष खाली नै रहेको पाइएको हो ।

रेसखबर संवाददाताले आइतबार बिहान यात्रु कक्षबारे जानकारी लिनेक्रममा बीरगन्जको बसपार्कमा रहेको यात्रु कक्ष नै खाली रहेको फेला पारेको हो ।

बसपार्कको मात्रै नभइ अन्य यात्रु कक्षको पनि उस्तै समस्या रहेको देखिएको छ । यो विषयमा ट्राफिक प्रहरी प्रमुख खतिवडासंग प्रतिक्रिया लिँदा उनले भने,‘काही पनि यात्रु कक्ष खाली छैन, छेउछाउँमा ड्यूटी भइरहेको होला । तर पूर्णरुपमा खाली भने छोडिएको छैन ।’


सम्बन्धित समाचार