Logo

२८ असोज,जनकपुर । नेकपा एमाले मधेस प्रदेश प्रथम अधिबेशनबाट निर्वाचित मधेस प्रदेश कमिटीका पदाधिकारीको पहिलो बैठक सम्पन्न भएको छ ।
अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा मिति २०८० आश्विन २७ गते बस्यो ।

बैठकमा मधेस प्रदेश इन्चार्ज क. योगेश भट्टराई,केन्द्रीय कमिटी सचिव क.रघुबिर महासेठ लगायत पोलिटब्युरो, केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्य कमरेडहरुको विशेष उपस्थित रहेको थियो । बैठकलेगरेका निर्णयहरु आ आफनो क्षेत्रमा कार्यान्वन गर्न गराउन यो निर्देशन जारी गरिएको छ ।

गोपनियता तथा सपथग्रहण लगत्तै बसेको पदाधिकारी बैठकबाट विभिन्न निर्णयहरु गरेको छ ।
प्रथम मधेश प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने पार्टीका नेता कार्यकर्ता समर्थक सूभचिन्तक तथा सहयोगीहरु प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

एमाले मधेश प्रदेश कमिटीले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा मधेश प्रदेशका सबै पालिका कमिटिहरुले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी यस बैठकले यसअघि तय गरिएको जिल्ला अधिवेशनहरु महोत्तरीको जिल्ला अधिवेशन मंसिर ७ र ८ गते, रौतहटको जिल्ला अधिवेशन ९ र १० गते र पर्साको जिल्ला अधिवेशन ११ र १२ गते सम्पन्न गर्नका लागि तयारीमा जुट्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकबाट प्रदेश कमिटीका अध्यक्ष चन्देस्वर मण्डल सहित उपाध्यक्ष विचारी प्रसाद यादव सचिव मनोज पौडेल, उपसचिवहरु आरती भण्डारि र मोहमद कैस रहेको कार्यालय गठन गरेको छ ।
त्यस्तै नव निर्वाचित प्रदेश कमिटिका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बिजया दशमी लगतै गर्ने निर्णय गरेको छ ।

भने पार्टीका तत्कालिन सचिव डा.कृष्ण पौडेलको निधनले पार्टीलाई अपुरणिय क्षति भएको निष्कर्श निकाल्दै उनी प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्नुका साथै शोकलाई शक्तिमा बद्लेर अघि बढ्न पार्टी पंक्तिमा अनुरोध गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गरेको अध्यक्ष मण्डलले बताए ।


सम्बन्धित समाचार