Logo

जनकपुर, कार्तिक ८ । धनुषा सशस्त्र प्रहरीले भारतीय किशोरीलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्त जिल्ला लखिसराई ग्रामपञ्चायत बडीपोखरी वडा नम्बर ९ बस्ने पप्पु सहनीकी छोरी करिब १६ वर्षिया पूजा कुमारी सहनी रहेकी छन् ।मंगलबार साँझ जनकपुरधामको रेल्वे स्टेसन स्थित हनुमान मन्दिरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

उनको साथबाट भारतीय फाइभ–जी सिम एक थान र चाँदी जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको जनाइएको छ ।


सम्बन्धित समाचार