Logo

८ कात्तिक, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का भातृसंगठन समाजवादी विद्यार्थी यूनियनका केन्द्रीय नेताको अल्पायूमै निधन भएको छ ।
गठन समाजवादी विद्यार्थी यूनियनका केन्द्रीय उपाध्यक्ष संतोष यादवको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो ।

करिब ४० वर्षीय यादवको उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा मंगलबार राती मृत्यु भएको घरपरिवारले जनाएको छ ।लामो समयदेखि मृतक यादव ‘हेपाटाइटिस बी’ संक्रमणबाट ग्रसित थिए । मृतक यादव बाराको परवानीपुर निवासी हुन् ।

उनका २ छोरा छन् । मृतक यादव घरको एक्लो छोरा थिए । तत्कालीन तराइ मधेश लोकतान्त्रिक पार्टीबाट राजनीति सुरु गरेका यादव पछिल्लो समय जसपामा प्रवेश गरेका थिए ।


सम्बन्धित समाचार