Logo

८ कात्तिक, काठमाडौं । चीन भ्रमण सकेर उपप्रधानमन्ती तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बुधबार बिहान स्वदेश फर्किएका छन्।

चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः०५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) मा अवतरण गरेका हुन्।

चीन भ्रमणका क्रममा बेइजिङ रहँदा हृदयाघात भएपछि गृहमन्त्री श्रेष्ठ पूर्वनिर्धारित कार्यक्रमभन्दा केही दिन ढिला गरी स्वदेश फर्किएका हुन्।

बीआरआई सम्मेलनमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ गत असोज २९ गते सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।

 

 

 


सम्बन्धित समाचार