Logo

९ कात्तिक,मकवानपुर । मकवानपुरको हेटौँडामा बिहीबार बिहान भएको हाइड्रा क्रेन दुर्घटनामा परि सहचालकको मृत्यु भएको छ । भने दुर्घटनामा चालक घाइते भएका छन ।हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेमा बिहान पौने ६ बजे ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिदा चालक सहित दुई जना घाइते भएका थिए ।

घाइते भएका पर्साको बहुदरमाइ नगरपालिका-७ विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुरकि प्रहरी नायब उपरीक्षक लक्ष्मी भणडारीले बताइन् ।

दुर्घटनामा परि पर्साकै बिरगंज-३० लालपर्सा बस्ने चालक दशरथ पासवान समान्य घाइते भएका हुन ।क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो । दुर्घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


सम्बन्धित समाचार