Logo

१० कात्तिक,जनकपुर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गर्नुभएको छ ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेता निधिले विभिन्न चरणमा भएको छलफलपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेको भन्दै भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गर्नुभयो ।

अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा ९समुद्घाटन० गर्ने कार्यक्रम रहेको र तत्पश्चात् त्यहाँ बढ्ने धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरुरी रहेको भन्दै नेता निधिले त्यसभन्दा अघि नै नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस कार्यले जनकपुरमात्र नभई सिङ्गो नेपालले नै आर्थिक लाभ लिनसक्ने र जसले देशको समृद्धि र गरिबी निवारणको यात्रामा कोसेढुङ्गाको काम गर्ने नेता निधिको भनाइ थियो ।


सम्बन्धित समाचार