Logo

१० कात्तिक,वीरगञ्ज । रौतहटको माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको ना ६ ख १४६३ नम्वरको रात्रिबसले आज विहान ५ बजे घर अगाडि बसेर घुर ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिएको थियो । उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार बस सहचालकले चलाएका थिए । दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र पसेको थियो । त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास घाइते भएको प्रत्यक्षदर्शीहरुले बताए ।

घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । बस र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार