Logo

१० कात्तिक,वीरगञ्ज । नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कात्तिक १८ गते वीरगन्जमा हुने भएको छ ।

प्रदेश सदस्यहरूलाई पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल जानकारी दिए । कार्यक्रमको व्यववस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ ।

मधेस प्रदेश कार्यालयको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । आश्विन २४ देखि २७ गते सम्म चलेको प्रथम अधिवेशनले ५ जना पदाधिकारी सहित २३५ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराइनेछ भने केन्द्रीय सदस्यहरू र केन्द्रीय निकायका सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा पर्साबाट पार्टीका जिल्ला कमिटी सदस्यहरू,पालीका कमिटी सदस्यहरू, जन संगठनका सदस्यहरु, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरू सहित सहभागी गराउने र बाराबाट पनि आवश्यकता अनुसार सहभागी गराउने निर्णय गरिएको सचिव पौडेलले बताए


सम्बन्धित समाचार