![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/oli-ra-dahal.webp?fit=1000%2C500&ssl=1)
१० कात्तिक,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको बताइएको छ ।