Logo

१२ कार्तिक, वीरगञ्ज ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोकमा गएराति भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत, मोतिहारी जिल्लाको पोखरीया पपरीया ढाका किरैया घर भई पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी बर्ष २७ को मुकेश साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ ।

वीरगन्जको गहवा स्थित टाईगर क्लबले पिकनिकका लागि रिजर्ब गरेर लगेको तारकेश्वर ट्राभल्सको ना।७ ख।४७४९ नम्बरको बस चितवनको जलबिरे झरनामा पिकनिक मनाएर विरगंजतर्फ फर्किने क्रममा गएराति मोटरसाईकललाई बचाउने क्रममा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले दिएको जानकारी अनुसार घाईतेहरु मध्य बाराको कलैया उ।म।ना।पा। २० बस्ने अ।वर्ष ४५ को विर बहादुर महतो, पर्साको विरगंज महानगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष ३० का सुरज साह कानुको टाउको र छातीमा चोट लागेको र अवस्था गम्भिर रहेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ की १८ बर्षिया प्रीया गुप्ताको टाउको, खुट्टार शरीरको विभिन्न भागमा चोट लागेको छ । ५२ बर्षका ललन चौरसिया, वर्ष २८ को मोहन साहको टाउको र अनुहारमा चोट लागेको छ अवस्था मध्यम रहेको छ । सोही स्थानकी १६ बर्षिया मनिषा साहको टाउको र अनुहारमा चोट लागेको छ ।

वडा नम्बर १२ बस्ने २३ की सेजल गुरूङको छातिमा चोट लागेको छ । त्यस्तै सोही वडाका वर्ष २७ को राजन कुमार गुप्ताको छाती र हातमा चोट लागेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष १८ को प्रसाद गुप्ता, वडा नम्बर ७ बस्ने अ।वर्ष ३५ को अविनाश गुप्ता, जितपुरसिमरा उपमहानगरपालिका वडा नं।२ बस्ने बर्ष १९ को अनिष राई घाईते भएका छन् । उनी बसका सहचालक हुन् ।

५१ जना सवार बसका चालक भने फरार रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो । :फोटो सामाजिक सञ्जाल


सम्बन्धित समाचार