Logo

फाइल तस्बिर

१३ कात्तिक,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ५ भौराटारमा आगलगी भएको छ । रामजोधा महतो नुनियाको घरमा विद्युत् सर्ट भई आगलगी भएको अस्थायी प्रहरी पोष्ट डकैला बहुवरीका प्रहरी सहायक निरिक्षक नगिना यादवले जानकारी दिनुभयो ।

आगलागीमा मानविय क्षती नभएको तर घर भने पुर्णरुपमा जलेर नस्ट भएको उहाँले बताउनुभयो । भाडाकुँडा, लत्ताकपडा, गरगहना तथा धान, गहुँ र चामल समेत जलेर नष्ट भएको छ ।

स्थानिय, बहुदरमाई नगरपालिकाको टोली तथा अस्थायी प्रहरी पोष्ट डकैला बहुवरीको प्रहरी टोलीले आगो नियन्त्रणमा लिइएको बताइएको छ ।

आगलागीबाट करिब ६ लाखको क्षती भएको पर्सा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार