Logo

१३ कात्तिक,वीरगञ्ज । बारा प्रहरीले रुपेश स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको आशंकामा एक जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले अनुसन्धानको क्रममा स्वर्णकारको हत्याको योजना संलग्न रहेको आरोपमा एक जना महिलालाइ पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।

बारा प्रहरी स्रोतका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर १ बाट एक जना महिलालाई पक्राउ गरिएको हो । पक्राउ गरिएको आरोपितमाथि अनुसन्धान चलिरहेकोले नाम गोप्य राखिएको प्रहरी भनाइ छ ।

पक्राउ परेकालाई प्रहरी नियन्त्रणमा राखिएको स्रोत बताउँछ । कलैया उपमहानगरपालिका वडा नम्बर ६ को मदरसा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको थियो ।

 


सम्बन्धित समाचार