Logo

१३ कार्तिक, पर्सागढी पर्सा । दशै बिदा सकिय लगतै कात्तिक १२ गते देखि देशभरको सामुदायिक बिधालयको पठनपाठन सुरु भएतापनि पर्सागढि नगरपालिका अन्तर्गत रहेको सामुदायिक बिधालयहरु अझै खुलेका छैनन।

पर्सागढीका अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु भारतको विभिन्न धार्मिक स्थलहरुको भ्रमणमा निस्किएको कारण पालिकाका विद्यालय बन्द गरिएको हो । पर्सागढी नगरपालिकाको शिक्षा शाखाको मौन स्वीकृतमा विद्यालय बन्द गरिएको एक शिक्षकले बताए ।

केही दिन अगाडि मात्र शिक्षकहरुको आन्दोलनका कारण १ हप्ता भन्दा बढि बिदा खेपेका बिद्यार्थीहरु दशै बिदा सकिए लगत्तै १२ गते देखि पठनपाठन हुनुपर्नेमा बिधालयमा पठनपाठन नहुँदा बिद्यार्थीहरुकै भविश्य माथी खेलवाड गरिएको छ ।

पर्सागढि नगरपालिका शिक्षा शाखा प्रमुख देव गिरिका अनुसार दशै बिदा सकिय लगतै थप बर्खे बिदाबाट कट्टा हुने गरि थप १२ गते देखि १६ गते सम्म ५ दिनको बिदा थप दिएको उनले बताए ।

उनले बर्खे बिदाबाट कट्टा हुने गरि के कति कारणले बिदा दिएको हो खुलाउन चाहेनन । उनले शैक्षिक सत्रको ४५ दिनको बर्खे बिदा हुनेभएकोले त्यसबाट थप ५ दिन कट्टा हुने गरि बिदा दिईएको बताए ।

सामुदायिक विद्यालय विदा दिँदा समेत सार्बजनिक रुपमा कुनै सूचना गरिएको छैन । आन्तरीक विदा कट्टा हुनेगरी विद्यालय बन्द गरिएको सार्वजनिक सूचना जारी नगरेको हुन सक्ने एक अभिभावकले बताए ।

स्रोतका अनुसार पर्सागढीका सामुदायिक विद्यालयका अधिकांश शिक्षक भारत भ्रमणमा गएकोले विद्यालय बन्द गरिएको हो । एक शिक्षकका अनुसार अधिकांश सामुदायिक विद्यालयका हेडमास्टर र शिक्षकहरु कात्तिक ९ गते देखि १६ गते सम्म भारतको विभिन्न धार्मिक भ्रमणमा निस्किएको कारण पालिकाले मौखिक बिदा दिएको बताइएको छ ।

केही दिन अगाडि मात्र बिधालय नै ठप्प पारी काठमाडौ शिक्षक आन्दोलनमा शिक्षकहरु गएपछि केन्द्रीय शिक्षक आन्दोलन संघर्ष समितिले आन्दोलनको क्रममा बन्द रहेको बिधालयको बिद्यार्थीहरुको पठनपाठन बिदाको दिन पनि पढाउने निर्देशन गरेको थियो ।

पर्सागढीका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु विद्यालय सञ्चालन गर्ने समयमा भ्रमणका लागि भारत हिडेको र शिक्षक महासंघले दिएको निर्देशनको उल्लघन गरि विद्यालय बन्द गराई हजारौ बिधार्थीको भबिश्य माथी खेलवाड गरेको स्थानियहरुले बताएका छन ।


सम्बन्धित समाचार