Logo

१३ कार्तिक, वीरगञ्ज । आफ्नै कान्छी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌सहित जेठी श्रीमतीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

गत कार्तिक ४ गते वीरगञ्ज महानगरपालिका–१४ निवासी एजहारूलहक अंसारीले आफ्नै कान्छी श्रीमती वर्ष २८ की महिमा खातुनलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।

खातुनको हत्याको आरोपमा उनका श्रीमान् अंसारीसहित उनकी जेठकी श्रीमती ३८ बर्षिय नुरजहान खातुनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

घरायसी बिबादको क्रममा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेर अँसारीसहित उनकी जेठी श्रीमती र मृतकका ससुरा वर्ष ६५ को फजल करिम मियाँ, सासू आमा वर्ष ६३ की सरिफन खातुनले हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न मृतक खातुनका श्रीमान् र उनकी जेठी श्रीमतीलाई पक्राउ गरिएको तथा ससुरा र सासू भने फरार रहेकोले उनीहरुको खोजी कार्य भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई ज्यान सम्बन्धी कसूरमा अदालतबाट १२ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको थापाले बताए।


सम्बन्धित समाचार