Logo

१४ कार्तिक, वीरगञ्ज । बारा कलैयाका रुपेश स्वर्णकार हत्याकाण्डको अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयले छुट्टै अनुसन्धान टोली परिचालन गरेको छ । बारा प्रहरी कार्यालयले अनुसन्धान फितलो गर्न थालेपछि अनुसन्धानमा सहयोगका निम्त्ति प्रदेश प्रहरी कार्यालयले बेग्लै अनुसन्धान टोली खटाएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी प्रदेश कार्यालयले डिएसपी बिरेन्द्र पासवनको नेतृत्वमा छुट्टै अनुसन्धान टोली परिचालन गरेको प्रहरी स्रोतको भनाइ छ । प्रदेश प्रहरी कार्यालयले ठूल्ठूला जघन्य प्रवृति खाले अपराधमा सघाउ पुर्‍याउने हेतुले प्रदेशबाट प्रहरी खटाइएको प्रदेश प्रमुख जनक भट्टराइले जनाए । स्वर्णकार हत्याकाण्डको अनुसन्धानलाई फत्ते गर्नका लागि जिल्ला प्रहरीसंगै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयले पासवानको नेतृत्वको हिजोदेखि नै अनुसन्धान टोली परिचालन गरेको प्रहरीको स्रोत बताउँछ । रुपेश स्वर्णकार हत्याकाण्ड पेचिलो बन्दै गएपछि प्रदेश प्रहरीले आफ्नो निगरानीमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रदेश प्रहरी बताउँछ । प्रदेश प्रहरी प्रमुख भट्टराइका अनुसार अहिलेसम्म हत्या यही कारणले भएको एकिन भइनसकेको अवस्था छ । तरपनि विभिन्न पाटोबाट अनुसन्धान जारी रहेको र अनुन्धान ‘न्यारो डाउन’ तिर गएको प्रदेश प्रहरी प्रमुख भट्टराइ बताउँछन् । अर्थात् अनुसन्धान साँघुरिदै गएको प्रहरी दाबी छ ।

स्वर्णकार हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीका अनुसार जसमा ३ जना नेपाली र ३ भारतीय रहेका छन् । प्रहरी नियन्त्रणमा रहेकी महिलासंग स्वर्णकारको पहिला अफेयर रहेको पाइएकोले यही कारणले हत्या भएको हुनसक्ने बारा प्रहरीले आंकलन छ ।

त्यसकारण यो पाटोबाट प्रहरी अनुसन्धान चलिरहेको स्रोतको दाबी छ । तर पक्राउ परेकाहरु भने अहिलेसम्म ठोस बयान दिन नसकेका प्रदेश प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार