Logo

१४ कात्तिक,वीरगञ्ज ।बारा कलैयाका स्वर्णकार हत्याकाण्डको ९९ प्रतिशत नजिक अनुसन्धान पुगेको सिडिओले पुष्टि गरेका छन् । बाराका सिडिओ नवराज सापकोटाले प्रहरी अनुसन्धान करिबकरिब ९९ प्रतिशत  भइसकेको र अनुसन्धान नजिक नै पुगेको पुष्टि गरेका हुन् ।

स्वर्णकारको मृत्यु व्यक्तिगत आचरणको कारण मृत्यु भएको प्रहरी अनुसन्धानमा पाइएको सिडिओ सापकोटाले सञ्चारकर्मीहरुसंगको प्रतिक्रियामार्फत जानकारी दिएका छन् । उनका अनुसार यो हत्या खासगरी प्रेम सम्बन्धका कारण भएको हो ।

बाराका सिडिओ सापकोटा भन्छन्,‘स्वर्णकार हत्याकाण्डा कुनै अपराधिक समूहले गरेको होइन, व्यक्तिगत आचरणको कारण हो। हत्याको विश्लेषणमा व्यक्तिगत आचरणले मृत्यु भएको हो । सुरक्षा चुनौती केही पनि छैन ।’

उनका अनुसार यो खासमा भन्ने हो भने स्वर्णकारको एउटा महिलासंग अवैध सम्बन्ध थियो । त्यही सम्बन्धका कारणले महिला र उनका आफन्तले मिलेर हत्या गरेको अनुसन्धानमा पाइएको सिडिओ सापकोटाले जनाए । तर यसको बाबजुद पनि अनुसन्धान भइरहेकोले त्यो टुंगिएपछि बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक नै गर्नेछ,’ उनले भने ।

उनी भन्छन्,‘प्रेम सम्बन्ध नै किन हो भने यसअघि पनि स्वर्णकारमाथि प्रहार गरिएको बयान आएको छ, अन्य केही सबुत पनि फेला परेका छन् । त्यसकारण हामीले प्रेम सम्बन्धकै कारण हत्या भएको हो भनी निक्र्योल निकालेका हौं ।’

रुपेश स्वर्णकारले आफ्नो आचरण नसुधारेका कारण हत्या भएको प्रहरी अनुसन्धानमा पाइएको सिडिओ सापकोटाको दाबी छ ।
सोमबार दिउँसो मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि गोली प्रहार हुँदा उपचारको उनको मृत्यु भएको थियो ।

बीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएका स्वर्णकारको आज विहान हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
स्वर्णकारमाथि गोली प्रहार भएपछि बारा प्रहरीले हत्यामा संलग्न रहेको आशंका एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा ३ जना नेपाली र ३ जना भारतीय रहेको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुले गरेको प्राम्भिक बयानका आधारमा परिवारले मिलेर स्वर्णकारको हत्या गरेको पाइएको छ ।


सम्बन्धित समाचार