Logo

१५ कार्तिक, वीरगञ्ज । वीरगञ्जको पानी टंकीमा रहेको बीपीसी कलेजको चौथो तलाबाट हाम फालेर एकजना विद्यार्थी घाईते भएका छन् । कलेजमा कक्षा १२ अध्ययनरत बाराको आदर्श कोतवाल गाउँपालिका च्युटाहाका १८ बर्षीय विद्यार्थी बीपीसी कलेजको चौथो तलाबाट हाम फालेर घाईते भएको कलेज प्रशासन स्रोतले जनाएको छ ।

घाईते विद्यार्थीको प्रभु अस्पतालमा भर्ना गरिएकोमा अभिभावकले थप उपचारका लागि नेपाल मेडिसिटी बयोधा हस्पिटलमा लगेको छ । उनको शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लागेकोले सिटी स्क्यान भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

उनको अवस्था चिन्ताजनक नै रहेको जनाएको छ । घटनाको विषयमा प्राप्त जानकारी अनुसार उनीसँगै अध्ययन गरेका साथीहरुको भनाई अनुसार केही दिनदेखि उनी मानसिक तनावमा रहेका थिए । आज बिहान कलेजमा आएको उनी साथीहरुसँगै छतमा गएका थिए ।

शिक्षकले वद्यार्थीहरुलाई तल झर्न भनेपछि साथीहरुलाई तल पठाएर ती विद्यार्थी भने एक्कासी छतबाट हाम फालेको थिए । उनी के कति कारणले हाम फालेका हुन् भन्ने विषयमा भने केही जानकारी आएको छैन ।


सम्बन्धित समाचार